स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित पक्राउ
- गाउँ सहर संवाददाता
- १८ पौष आइतबार, २०७८ | १४:१८:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित काठमाडौं सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगरबाट काठमाडौं जान लागेको सौर्य एयरलाईन्सको जहाजमा सोही एयरलाईन्सका बिराटनगर स्टेसन ईन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच समेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त झोला संकलन गर्ने सौर्य एयरलाइन्स काठमाडौंमा एसिसटेन्टको रुपमा कार्यरत पोखरेललाई श्रोत नखुलेको तथा भन्सार उदघोष समेत नगरेको १ हजार दरको ४ हजार ९ सय ५० थान र ५ सय दरको १ सय थान गरी जम्मा ५० लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
वरामद नगद सहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस