पाल्पा दुर्घटना अपडेटः मृतककाे संख्या ८ पुग्याे, विस्तृत विवरण आउन बाँकी
- गाउँ सहर संवाददाता
- १८ पौष आइतबार, २०७८ | १४:०७:०० मा प्रकाशित
बुटवल । पाल्पामा बस दुर्घटना हुँदा मृत्युु हुनेको संख्या ८ पुगेको छ ।
बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिका–३, लघुवामा दुर्घटना भएको हो ।
दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हार्थोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाएकाहरूको सनाखत भएको छैन। अर्घाखाँचीको मालारानी गाउँपालिका-२, कुभिण्डे स्थायी घर भई हाल बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको निधनपछि मलामी गएकाहरू चढेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बसमा अर्घाखाँची मालारानी-२ का धेरै व्यक्ति सवार रहेको बताइएको छ ।
उद्धार जारी रहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस