दिनहुँ बत्ति झ्याप्प झ्याप्प जान थालेपछि कुलमानले पत्रकार सम्मेलन गरेर भने : आजबाट यो समस्या समाधान हुन्छ
- गाउँ सहर संवाददाता
- १६ पौष शुक्रबार, २०७८ | १६:२३:०० मा प्रकाशित

काठमाडाैं । पछिल्लाे समय दिनहँजसाे बत्ति झ्याप्प झ्याप्प गएर उपभाेक्ता हैरान भएका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा केही दिनदेखि विद्युत आपूर्तिको समस्या बढिरहेको छ ।
बिजुली गइरहने समस्याकाे बारेमा स्प्ट पार्दै नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन् ।
शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका हुन् ।
बेलुकाको पिक लोड अहिले करिव १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट रहेको उनले सुनाए । अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको भन्दै उनले भने, लोडअनुसार हामीले ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरुमा पनि आगलागी भयो ।’
आजसम्म उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसक्ने भएकाले विद्युत जाने समस्या नहुने उनले दाबी गरे ।
उनले विद्युत सव स्टेशनबाट, फिगर र फिगरबाट ट्रान्सफर्मर हुँदै विद्युत वितरण हुने बताउँदै केही ठाउँमा फिगर र धेरै ठाउँमा ट्रान्सफर्मले लोड नथेग्दा समस्या आएको बताएका छन् । उनले भने, 'काठमाडौंमा ३७ सयदेखि ३८ सय ट्रान्सफर्म छन्। एउटा ट्रान्सफर्मबाट कहीँ २० त कहीँ लोड हेरेर ५० परिवारलाई विद्युत वितरण गरिएको हुन्छ । चिसो बढेपछि हरेक घरले एसी र हिटरको प्रयोग बढाउँदा ट्रान्सफर्मले नधानेर कतै जलेको छ र कतै अफ भएको छ ।'
उनले काठमाडौं उपत्यकामा अब नौवटा सबस्टेशन थपिँदै गरेकाले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा दुई हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने बताए ।
कतिपय ठाउँमा केबलहरुमा आगलागी भएको उनी बताउँछन् । गुनासो आएपछि सकेसम्म ट्रान्सफर्मर परिवर्तन गर्न सक्रिय भइसकेको उनले बताए । लोड नथेगेका ठाउँमा अहिले क्षमता बढी भएका ट्रान्सफर्मर राखिरहेको उल्लेख गरे । ट्रान्सफर्मर परिवर्तन गर्दा पूरै फिगरको लाइन काटिने भएकाले समस्या देखिएको उनको भनाइ छ । उनले भने, 'ट्रान्सफर्मरमा समस्या आउँदा फिगरकै लाइन काट्नुपर्छ। यसले गर्दा चार पाँच घन्टा त्यो एरियामै समस्या हुन्छ ।'
यद्यपि, आजबाट यो समस्या समाधान हुने बताए । उनले भने, 'कतिपय ठाउँमा त झरीमा रुझेरै भएपनि काम भएको छ। कतिपइ ठाउँमा टिम खटाउन सकिएको छैन। बिग्रेका ट्रान्सफर्मर आज बेलुकीसम्म समस्या समाधान भइसक्छन् ।'

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस