छुट्टाछुट्टै आयोजनामा कार्यरत दुई मजदुरको मृत्यु
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १६:१४:०० मा प्रकाशित
बागलुङ । छुट्टाछुट्टै आयोजनामा कार्यरत बागलुङमा दुई मजदुरको मृत्यु भएको छ ।
बडिगाड गाउँपालिका–१ वेतनीको खानेपानी आयोजना र बरेङ गाउँपालिका–१ सानोखोलाको सडक आयोजना कार्यरत मजदुरको मृत्यु भएको हो ।
बडिगाड गाउँपालिका– वेतीस्थित जिमि सक्नियर खानेपानी तथा सरसफाइ आयोजनामा कार्यरत बडिगाड गाउँपालिका–२ निवासी २४ वर्षीय कमल गिरी घर फर्कने क्रममा गोरेटो बाटोबाट लडेर मृत्यु भएको हो ।
गिरी खानेपानी विस्तारको पाइपलाइन खनी फर्कने क्रममा लडेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिएका छन् ।
त्यसैगरी, बरेङ गाउँपालिकाअन्तर्गत सडक निर्माणको जिम्मेवारी लिएको सलिथुम्का निर्माण सेवामा कार्यरत सल्ला कपुरबोट गाउँपालिका–६ का तिलबहादुर महतरा मृत अवस्थामा भेटिएका छन् । आफू बस्दै आएको सानाेखोलाको क्याम्प छाडी हिँडेका महतरा अबेरसम्म पनि क्याम्प नफर्किएछि खोजी गर्दै जाँदा नाम्रुक बरेङ कच्ची सडकदेखि अन्दाजी तीन सय मिटर तल मृत अवस्थामा फेला परेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस