काठमाडाैं उपत्यकामा १८ वर्षमाथिकालाई २४ केन्द्रबाट खोप लगाइँदै
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १२:५४:०० मा प्रकाशित
काठमाडाैं । कोरोनाविरुद्ध खोप नलगाएका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन सरकारले उपत्यकामा २४ वटा खोप केन्द्र तोकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा गरि २४ वटा खोप केन्द्र तोकेको हाे । जसमध्ये काठमाडौं र लितपुरका ११–११ स्थानमा खोप केन्द्र तोकेको छ भने भक्तपुरमा दुई स्थानमा खोप केन्द्र तोकेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं र ललितपुरमा १८ वर्षमाथिका सबै खोप नलगाएका नागरिकहरुलाई, भक्तपुरमा १८ वर्षमाथिका नागरिक र ३ महिना नाघेका गर्भवती महिला खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनिका खोप लगाइने जानकारी दिएको छ ।
यी स्थानमा छन् खोप केन्द्रहरु ?
काठमाडौं जिल्लामा :
१. सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
२. वीरेन्द्र सैनिक बल अस्पताल छाउनी
३. नेपाल प्रहरी अस्पताल महाराजगञ्ज
४. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
५. परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली
६. सहिद मेमोरियल अस्पताल कंलकी
७. लोत्से भवन नयाँ बसपार्क
८. वीर अस्पताल
९. बयोधा अस्पताल बल्खु
१०. निजामती कर्मचारी अस्पताल
११. एपेक्स पोलिक्लिनिक जडिबुटी
भक्तपुर जिल्लामा :
१. नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमीमा (बुधबार र शुक्रबार मात्र)
२. ख्वप अस्पताल च्यामसिंह (बिदाको दिन बाहेक प्रत्येक दिन)
ललितपुर जिल्लामा :
१. पाटन अस्पताल
२. छवा बहाल जनस्वास्थ्य शाखा
३. सैंबु स्वास्थ्य चौकी
४. बज्रबाराही चापागाँउ अस्पताल
५. बाँडेगाँउ प्राथमिक स्वास्थ्य केन्द्र
६. लेले प्राथमिक स्वास्थ्य केन्द्र
७. लुभु प्राथमिक स्वास्थ्य केन्द्र
८. इमाडोल स्वास्थ्य चौकी
९. चौघरे स्वास्थ्य चौकी
१०. गोटिखेल स्वास्थ्य चौकी
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
प्रतिकृया दिनुहोस