राजनीति

माओवादी केन्द्रको आठौँ महाधिवेशन : आजदेखि सामूहिक छलफलको निष्कर्ष प्रस्तुत गर्ने

काठमाडाैं । माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत आजदेखि प्रतिनिधिले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने भएका छन् ।

बुधबार दिउँसो १ बजेदेखि टोली संयोजकहरूले छलफलको निष्कर्ष सुनाउने कार्य तालिका रहेको छ। निष्कर्ष सुनाउन संयोजकलाई १५ मिनेटको समय दिइएको छ ।

सोमबारदेखि बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको थियो ।

छलफल सक्न बाँकी समूहलाई आज दिउँसो १२ बजेसम्मको समय दिइएको छ ।

गाउँ सहर संवाददाता