गाउँ सहर
एटिएम मेसिन तोडफोड गरेको अभियोगमा एक जना पक्राउ
- गाउँ सहर संवाददाता
- १३ पौष मंगलबार, २०७८ | १२:१७:०० मा प्रकाशित

मोरङ । एटिएम मेसिन तोडफोड गरेको अभियोगमा एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । बिराटनगर महानगरपालिका–३ कंचनबारीस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा रतुवामाई नगरपालिका–५ बस्ने २१ वर्षीय पारस कालिकोटेलाई आइतबार राति पक्राउ गरिएकाे हाे ।
एटिएम मेसिन तोडफोड भईरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सिआरभि पोष्ट भट्टाचोकबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस