'एमसीसीमा मैले कहीँ राष्ट्रघात देखेको छैन, म प्रधानमन्त्री हुँ, नेपालको खिलाफ किन जाउँला' : देउवा
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | १८:४९:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएकाे बताएका छन् । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती भन्नेले पढ्दै नपढेको बताए ।
“एमसीसी राष्ट्रघाती भन्नेले पढेको छ कि छैन ?,” उनको प्रश्न थियो, “म पनि देशको प्रधानमन्त्री हो राष्ट्रघाती सम्झौता गरौँला त ? नेपालको हितमा छ सित्तैमा आएको पैसा हो बुझ्नुपर्यो ।”
प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको दाबी गरे। एडीबीको ऋण लिने नेपालले अमेरिकाको अनुदान लिन नहुने भन्ने प्रश्न नै नरहेको बताए।
'एमसीसीको बारेमा बोल्नै पर्ने भयो। राष्ट्रघाती भन्नेले पढेको छ की छैन? मैले कहीँ राष्ट्रघात देखेको छैन। म पनि नेपालको प्रधानमन्त्री हुँ।नेपालको खिलाफ किन जाउँला', देउवाले भने।
'हामी छलफल गरिरहेका छौं । नेपालको हितमा छ । सित्तै आएको पैसा हो । चाहिन्न भन्छन् । एडीबीको ऋण लिन्छौं । एमसीसीका बारेमा राम्रोसँग बुझ्नुपर्छ । यसमा सहमति भएर हामी छिट्टै पास गराउने छौं', प्रधानमन्त्री देउवाले भने ।
त्यसैगरि देउवाले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै पूरा हुने बताएका छन् ।
‘शान्ति प्रक्रियाका काम बाँकी छन् । यसलाई पूरा गराएर समाधान गरेर सदाका लागि स्थायी शान्ति निर्माण गर्नेतर्फ हामी जाने छौं,’ देउवाले भने ।
उनले गठबन्धन पनि पछिसम्मै चल्ने बताएका छन् । उनले यो गठबन्धन नेकपा एमाले तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नभएको बताए ।
उनले पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको पनि प्रस्ट पारे । अहिलेको संविधान अन्तर्गत संसद पूरा समय चलोस् भन्ने पुनीत उद्देश्यले गठबन्धन निर्माण भएको उनको भनाइ थियो । उनले गठबन्धन पूरा समय चल्ने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई यो गठबन्धन आफूविरुद्ध बनाइएको हो कि भन्ने शंका नगर्न पनि आग्रह गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस