जबर्जस्ती करणीकाे आराेपमा युवक प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | १३:२५:०० मा प्रकाशित
महोत्तरी । प्रहरीले जबर्जस्ती करणी प्रयासकाे आराेपमा एक जनालाइ पक्राउ गरेकाे छ । बर्दिबास नगपालिका-९, पशुपतिनगरबाट १४ बर्षीय एक युवकलाइ प्रहरीले जबर्जस्ती करणी प्रयासकाे आराेपमा पक्राउ गरेको हाे । सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका मौखिक उजुरीको आधारमा वडा नम्बर ७ मनहरीपुरका किशाेरलाई आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएकाे छ ।
घाँस काट्ने क्रममा बालिकालाई करणी गर्न खोजेको परिवारिक स्रोतकाे आराेप छ । तर अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी भने दिएको छैन । जाहेरी प्राप्त नभएसम्म आरोपित किशाेरको पहिचान खुलाउन नमिल्ने प्रहरीकाे जनाएकाे छ ।
युवकलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको प्रहरीले बताएकाे छ ।
जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय गौरीडाडाले जानकारी दिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस