जबर्जस्ती करणीकाे आराेपमा युवक प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | १३:२५:०० मा प्रकाशित

महोत्तरी । प्रहरीले जबर्जस्ती करणी प्रयासकाे आराेपमा एक जनालाइ पक्राउ गरेकाे छ । बर्दिबास नगपालिका-९, पशुपतिनगरबाट १४ बर्षीय एक युवकलाइ प्रहरीले जबर्जस्ती करणी प्रयासकाे आराेपमा पक्राउ गरेको हाे । सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका मौखिक उजुरीको आधारमा वडा नम्बर ७ मनहरीपुरका किशाेरलाई आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएकाे छ ।
घाँस काट्ने क्रममा बालिकालाई करणी गर्न खोजेको परिवारिक स्रोतकाे आराेप छ । तर अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी भने दिएको छैन । जाहेरी प्राप्त नभएसम्म आरोपित किशाेरको पहिचान खुलाउन नमिल्ने प्रहरीकाे जनाएकाे छ ।
युवकलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको प्रहरीले बताएकाे छ ।
जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय गौरीडाडाले जानकारी दिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
प्रतिकृया दिनुहोस