भायानेटले ल्यायो ८ सयमै ७५ एमबिपिएको सुपर-फाष्ट इन्टरनेट अफर याेजना
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | ०९:२०:०० मा प्रकाशित

काठमाडाैं । नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले थोरै इन्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्नेमिनि इन्टनेट प्लानहरु ल्याएको छ ।
भायानेटले मिनी प्लानमा Mini-75 अन्तर्गत ग्राहकहरूले वार्षिक सदस्य बनि मात्र रू. ८०० प्रति महिनामा तिरेर ७५ एमबिपिएको सुपर–फाष्ट इन्टरनेट पाउन सक्नेछन् । नयाँ वर्षको अफर अन्तर्गत भायानेटले एनसेल सिम पनि निःशुल्क प्रदान गर्ने जनाएकाे छ । यस सिम मार्फत ग्राहकहरुले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा पाउनुहुनेछ ।
त्यस्तै गरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।
भायानेटले दुई हप्ता अघि मात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरु पनि ल्याएको थियो, जुन इन्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पीड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो । यस अल्ट्राफाई प्रोडक्ट लाइनहरुको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र रू. १२५० प्रति महिनामा १७५ एमबिपिएस इन्टरनेट प्लानका साथै २ वटासम्म भायाटिभीे प्याकेजको सदस्यता निःशुल्क पाइन्छ ।
मिनी इन्टरनेट प्रोडक्ट लाइनकासाथ भायानेटले आम जनमानस मात्र नभई उच्च स्पीड इन्टरनेट चाहिने तर कम इन्टरनेट प्रयोग हुने सीमित मार्केटको आवश्यकता पूरा गर्दछ ।
भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस