गाउँ सहर
ग्रीसमा कार दुर्घटनामा परी मृत्यु हुने नेपालीकाे पहिचान खुल्याे
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | १०:५३:०० मा प्रकाशित
काठमाडौं । ग्रीसमा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । मंसिर पहिलो साता दुर्घटना भएकाे थियाे । गैर कानुनी टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा दुर्घटनामा भई मृत्यु भएका चार जना नेपाली रहेको पुष्टि भएको थियाे ।
मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका ६ का राजु लामा, रसुवा आमाछोदिङमो गाउँपालिका ३ की शर्मिला तामाङ, तनहुँ घिरिङ् गाउँपालिका–५ का ओम बहादुर थापा र कैलाली गौरीगंगा नगरपालिका ४ का लक्ष्मण सापकोटा रहेका छन् ।
घटनामा घाइते भएका दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । घाइते हुनेहरूमा दोलखा भीमेश्वर नगरपालिका ९ का मनु लामा र कैलाली गौरीगंगा नगरपालिका ४ का लोकराज आचार्य रहेका छन् । उनीहरुले मृतक नेपालीको पहिचान खुल्न सहज भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
प्रतिकृया दिनुहोस