गाउँ सहर

ग्रीसमा कार दुर्घटनामा परी मृत्यु हुने नेपालीकाे पहिचान खुल्याे

काठमाडौं । ग्रीसमा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । मंसिर पहिलो साता दुर्घटना भएकाे थियाे । गैर कानुनी टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा दुर्घटनामा भई मृत्यु भएका चार जना नेपाली रहेको पुष्टि भएको थियाे ।

मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका ६ का राजु लामा, रसुवा आमाछोदिङमो गाउँपालिका ३ की शर्मिला तामाङ, तनहुँ घिरिङ् गाउँपालिका–५ का ओम बहादुर थापा र कैलाली गौरीगंगा नगरपालिका ४ का लक्ष्मण सापकोटा रहेका छन् ।

घटनामा घाइते भएका दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । घाइते हुनेहरूमा दोलखा भीमेश्वर नगरपालिका ९ का मनु लामा र कैलाली गौरीगंगा नगरपालिका ४ का लोकराज आचार्य रहेका छन् । उनीहरुले मृतक नेपालीको पहिचान खुल्न सहज भएको हो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत