चिसो थप बढ्ने क्रममा रहेकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | ०७:४६:०० मा प्रकाशित
काठमाडौं । तराईका भू–भागहरुममा बिहानको समयमा हुस्सु-कुहिरो लाग्नुका साथै शितलहर चलेकाे छ । चिसो थप बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
देशका अन्य विभिन्न भागमा पनि आज हिमपातको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।
देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आजराति सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
- कमिसन माग्दा गाउँपालिकाका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
प्रतिकृया दिनुहोस