शिक्षक सेवा आयोगले खुलायाे २५९८ निमावि शिक्षकका लागि विज्ञापन
- गाउँ सहर संवाददाता
- ७ पौष बुधबार, २०७८ | ०७:४७:०० मा प्रकाशित

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको छ ।
२ हजार ५९८ शिक्षकका लागि आयोगले विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।
आयोगले माध्यमिक तहमा मंसिर २९ गते नै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ ।
प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन हुने आयोगको भनाइ छ ।
आयोगको वेबसाइटबाट गएर अनलाइन फारम भर्न सकिनेछ ।
खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुकबाट आवेदन मागसमेत भएको छ ।
नेपाली विषयमा ४३७ जना माग भएको छ भने अंग्रेजी विषयलाई ६२४ जनाको माग भएको छ ।
यस्तै गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित-विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको छ ।
परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ ।
आउँदो चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने सूचनामा उल्लेख छ । सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन् ।
सात सय शूल्क तिरेर आवेदन फारम भर्न सकिनेछ ।
माघ ६ गतेभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस