तराईलगायतका विभिन्न भेगमा शीतलहर, उच्च पहाडी भू–भागमा हिमपातकाे सम्भावना
- गाउँ सहर संवाददाता
- ७ पौष बुधबार, २०७८ | ०७:१४:०० मा प्रकाशित

काठमाडाैं । आज पूर्वी नेपालकाे हिमाली तथा उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने मौसमी समस्या बढ्दैछ । पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन । त्यसले पनि सुक्खा चिसोलाई बढाएको छ ।
काठमाडौंको आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौंमा ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । आज बिहान काठमाडौंको भिजिविलिटी ५ किलोमिटर रहेको छ ।
जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री तथा जोमसोमको माइनस २ डिग्री सेल्सियससम्म पुगेको छ ।
चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको छ । आज पूर्वी नेपालकाे हिमाली तथा उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईमा शीतलहरबाट स्थानीय जनजीवनमा परेको असर कम गर्न सरकारले शीतलहरविरुद्धको प्रतिकार्य योजना कार्यान्वयनका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य योजना प्रदेश, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि सिफारिस गरेको हो ।
बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । बिहीबार पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै शुक्रबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस