एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण
- गाउँ सहर संवाददाता
- ६ पौष मंगलबार, २०७८ | १२:४७:०० मा प्रकाशित

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता अगाडि बढ्ने स्पष्ट पारेका छन् । उनले एमसीसी अगाडि बढाउनु सरकारको दायित्व भएको समेत बताएका छन् ।
‘एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो,’ जनकपुर पुगेका गृहमन्त्री खाँणले सञ्चारकर्मीको प्रश्नमा भने,‘एमसीसी धेरै अगाडि नै सम्झौता भएको हो । नेपालको विकासका लागि नेपाल सरकारले नै बढाएको हो ।’
एमसीसी ऋण नभई निशर्त अनुदान भएको उनको भनाई थियो । विद्युतीकरण र सडक निर्माणका लागि सरकारले नै प्रस्ताव गरेपछि अमेरिकाले विकास परियोजनालाई स्वीकारेर ल्याएको बताए ।
एमसीसीबारे भ्रमहरु देखिएको भन्दै त्यसमा अल्झन नहुने बताए । उनले भने,‘यो निशर्त अनुदान हो ।’ एमसीसीबारे दलहरुबीच छलफल चलिरहेको बताए । चाँडै निष्कर्ष निकालेर अघि बढिने उनको भनाई थियो ।
एमसीसी रोक्न सत्ता गठबन्धनकै दलहरु लागिपरेको अवस्थामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्राप्त प्रतिक्रिया
जनताले तिमिहरकाे परिझ लिने बेला अन्तिम घडि यहि हाे mcc पाश गर्ने भनने हरुकाे रज नीति शिधयाे निशचित छ१00%
प्रतिकृया दिनुहोस