साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप : भारतलाई हराएर फाइनल पुग्ने योजनामा नेपाल
- गाउँ सहर संवाददाता
- ४ पौष आइतबार, २०७८ | ०८:२६:०० मा प्रकाशित

काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।
भारतविरुद्ध मैदानमा उत्रदा नेपाल जितको खोजीमा हुनेछ । नेपाल भारतलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ ।
नेपालले ३ खेलमा २ जितसहित ७ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ ।
भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भारत पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस