“हाम्राे लडाईँ अध्यारो कोठामा विधान विपरित हुने निर्णय विरुद्ध, अब कांग्रेस गौरव हुनेगरि पुनस्र्थापित हुनेछ”
- गाउँ सहर संवाददाता
- २ पौष शुक्रबार, २०७८ | १३:३२:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन् ।
१४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचन लड्दा ४० प्रतिशत मत पाएको उल्लेख गर्दै कोइरालाले प्रतिनिधिहरुले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति अविचलित रहने प्रण पनि गरेका छन् ।
“पार्टी भित्र रुपान्तरण र परिवर्तनको यो लडाईं हामीलाई सहज थिएन । वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टीभित्र हुर्केको र झ्याङगिएको अराजनीतिक प्रवृति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौं पार्टी भित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अध्यारो कोठामा विधान विपरित हुने निर्णय विरुद्ध,” शेखरले विज्ञप्ति जारी गर्दै भनेका छन्, “पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नका लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग उर्जावान युवाको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो । तर, पनि हामी लड्यौँ र राजनीति जित्यौं ।” उनले पार्टी सभापतिमा निर्वाचनले शेरबहादुर देउवाकै निरन्तरता दिएको भन्दै अबको कार्यकालमा नेपाली कांग्रेसले गौरव गर्ने पुनस्र्थापित हुनेछ विश्वास लिएको बाएका छन् ।
“पार्टीका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना अगाडि बढ्दै छ । मत गणना सकिएर विजय हुनुभएका साथिहरुलाई हार्दिक बधाई,” शेखरले भनेका छन्, “आशा छ कांग्रेस परिवर्तनको पक्षमा उभिने हामी मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुने छैनौं ।” उनले पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वभाविक रुपमा लिँदै कांग्रेस रुपान्तरणको एजेन्डामा निरन्तर कृयाशील हुने प्रण गरेका छन् ।
१४औं महाधिवेशनबाट आफूले केही मतको प्राविधक हार वेहोरे पनि पार्टीभित्र र पार्टी बाहिरको मन जित्न सफल भएको पनि बताएका छन् । “१४औं महाधिवेशनमा केही मतमामा म पार्टी सभापतिमा पराजित भएको छु । केही मतबाट पराजित भए पनि हामीले प्रतिनिधि साथीहरु र लोकतन्त्रवादीहरुको मन जित्न सफल भएका छौं,” विज्ञप्तिमा भनेका छन्, “पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौं । भरोसा र विश्वासको वृद्धि गराएका छौं ।”
उनले आफूलाइ्र्र प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आएको बताएका छन् । “मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु,” विज्ञप्तिमा उल्लेख छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
प्रतिकृया दिनुहोस