शेयरबजारले उकालाे लाग्ने छाँटकाँट ल्याएन, नेप्से ३७ अंकले घट्याे, कारोबार रकम २ अर्ब ३० करोड
- गाउँ सहर संवाददाता
- १ पौष बिहीबार, २०७८ | १५:३०:०० मा प्रकाशित

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से ३७.८७ अंकले घटेर दुई हजार तीन सय ७६ दशमलब ७४ विन्दुमा झरेको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज दुई अर्ब ३० करोड १७ लाख बराबरको कारोबार सिमित भएको छ ।
बजार घटेपनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा नेपाल बङ्गलादेश बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३५४.६० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरुमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा ग्रिनलाइफ हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी र हिमालयन पावर पार्टनर रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । यस बैंकको आज ९३ करोड भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस