शेयरबजारले उकालाे लाग्ने छाँटकाँट ल्याएन, नेप्से ३७ अंकले घट्याे, कारोबार रकम २ अर्ब ३० करोड
- गाउँ सहर संवाददाता
- १ पौष बिहीबार, २०७८ | १५:३०:०० मा प्रकाशित
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से ३७.८७ अंकले घटेर दुई हजार तीन सय ७६ दशमलब ७४ विन्दुमा झरेको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज दुई अर्ब ३० करोड १७ लाख बराबरको कारोबार सिमित भएको छ ।
बजार घटेपनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा नेपाल बङ्गलादेश बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३५४.६० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरुमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा ग्रिनलाइफ हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी र हिमालयन पावर पार्टनर रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । यस बैंकको आज ९३ करोड भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
प्रतिकृया दिनुहोस