गगन-विश्व महामन्त्रीका बिजेता : ‘हाई ! हाई !! महामन्त्रीका दुई भाई’ (मत परिणामसहित)
- गाउँ सहर संवाददाता
- १ पौष बिहीबार, २०७८ | १५:४०:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन् ।
गगनले कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत पाएका छन् । उनले खसेको मतको झन्डै दुई तिहाइ मत पाए भने विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ । कूल ४६८२ मत खसेको थियो । अन्तिम परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।
गगन थापा शेखर काेइरालकाे प्यानलबाट महामन्त्रीका उम्मेद्वार हुन् । प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका शर्मा बिहीबार महामन्त्रीमा विजयी भएका हुन् ।
तेस्रो स्थानमा रहेका प्रकाशशरण १५५६ मत पाएका छन् भने प्रदीप पौडेलले १३९३ मत ल्याएका छन् । मीनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०७ मत आएको छ ।
पार्टी कार्यालय सानेपामा युवा नेताद्वय विश्वप्रकाश शर्मा पुगेका छन् । उनलाई कार्यकर्ताहरूले अविर लगाएर स्वागत गरेका छन् ।
गगन र विश्वको समर्थनमा सयौं नेता कार्यकर्ता सानेपा पुगेर नारा लगाइरहेका छन्- राजनीतिमा क्रान्ति, गगन विश्व महामन्त्री ।
नवनिर्वाचित महामन्त्री शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् ।
जितपछि पार्टी कार्यालय सानेपा पुगेका शर्माले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो ।’
उनले अघि भने, ‘फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु हो ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस