आजका लागि दुई बजेअघि नै शेयर काराेबार बन्द, के हो सर्किट ब्रेकर ?
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | १३:५३:०० मा प्रकाशित

काठमाडौं । मंगलबार नेप्से परिसूचक दुईबजे अघि नै बन्द भएकाे छ । सेयर बजार ६ प्रतिशतले बढेपछि मंगलबारको लागि शेयर कारोबार बन्द भएको हाे । बजार ६.०१ प्रतिशतले बढेको हो । बजार १३७.१८ अंकले बढेर परिसूचक २४१८.८५ बिन्दुमा रोकिएको छ ।
कारोबारमा सर्किट लागेपनि कारोबार रकम भने ज्यादै न्यून रहेको छ । मंगलबार २२० कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता सेयर १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १४४ रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका सबै सकूहमा हरियाली छाएको छ भने दुई शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको आज ९ करोड भन्दा बढीको कारोबार भएको छ ।
शेयर बजारमा प्रयोग हुने सर्किट ब्रेकर के हो ? कसरी लाग्छ ?
नेप्सेले कुनै पनि कारोबार दिनमा कारोबार शुरु भएको पहिलो १ घण्टाभित्र (११ देखि १२ बजेको बीचमा) नेप्से इण्डेक्स ४ प्रतिशतले बढ्यो वा घट्यो भने सर्किट लगाई २० मिनेटका कारोबार रोक्ने गर्दछ।
यसैगरि बजार खुलेको दोश्रो घण्टाभित्र (१२ देखि १ बजेको बीचमा) नेप्से परिसूचक ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ । यस्तै दोस्रो सर्किटपछि पनि वृद्दि अथवा गिरावटको क्रम निरन्तर रह्यो र बजार थप १ प्रतिशतले घटी वा बढी ६ प्रतिशत पुग्यो भने सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।
यसरी ६ प्रतिशतसम्म नेप्से सूचक घटे वा बढेमा कारोबार रोकी सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस