देउवाले भने : सभापतिमा फेरि जिताउनुहोस् डरत्रास मुक्त नेपाल बनाउने जिम्मा मेराे
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | १८:५४:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि पनि आफूलाई जिताउन आग्रह गरेका छन् ।
पार्टीको १४औँ महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउलाले अब आउने सरकार पनि कांग्रेसको बनाउने भन्दै उनले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका हुन् । ‘मलाई जिलाउनुस् म स्थानीयदेखि राष्ट्रिय सरकार काँग्रेसकाे बनाउँछु । मलाई एक पल्ट जिताइदिनुस्,’ उनले भने । साथै उनले भन्नुभयो, ‘जुन दिन मेरो सरकार बन्यो, त्यो दिन सारा जनताले मुक्ति पाए । ओलीको शासनबाट मुक्ति पाए ।’
देउलाले डरत्रास मुक्त नेपाल बनाउनका लागि फेरि पनि आफूले सभापतिमा जित्नुपर्ने बताए ।
प्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि देशमा डरत्रास र तानाशाही शासनको अन्त्य भएको दाबी गरे ।
उनले भने, ‘मेरो सरकार बनेपछि डरत्रास हटेको छ। म प्रधानमन्त्री भएपछि ओलीको शासनबाट जनताले मुक्ति पाएका छन् । त्यसलाई बचाउने हो कि नबचाउने हो? त्यो यो महाधविशेनले तय गर्छ ।’
उनले तानाशाही शासनको अन्त्यका लागि फेरि पनि कांग्रेसको सरकार चाहिने र त्यसका लागि आफू नै सभापति हुनुपर्ने बताए ।
‘अब तानाशाही सरकारले नओस् भन्नका लागि कांग्रेसको सरकार चाहिन्छ । त्यो मेरो जिम्मा भयो ।
प्रतिनिधिहरु जो आउनुभएको छ, सर्वसहमति वा प्रतिस्पर्धाबाट आउनुभएको छ, देउवाले अगाडि भने, ‘कांग्रेसको सरकार रह्यो भने स्थानीय र केन्द्रको सरकार कांग्रेसको बन्ने छ। त्यसका लागि मलाई जिताइ दिनुहोस् ।’
देउवाले दोस्रो कार्यकालका लागि पुनः सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । उनले पार्टीको आन्तरिक चुनावले राष्ट्रिय चुनावमा असर पर्न नहुने बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस