देउवाले भने : सभापतिमा फेरि जिताउनुहोस् डरत्रास मुक्त नेपाल बनाउने जिम्मा मेराे
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | १८:५४:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि पनि आफूलाई जिताउन आग्रह गरेका छन् ।
पार्टीको १४औँ महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउलाले अब आउने सरकार पनि कांग्रेसको बनाउने भन्दै उनले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका हुन् । ‘मलाई जिलाउनुस् म स्थानीयदेखि राष्ट्रिय सरकार काँग्रेसकाे बनाउँछु । मलाई एक पल्ट जिताइदिनुस्,’ उनले भने । साथै उनले भन्नुभयो, ‘जुन दिन मेरो सरकार बन्यो, त्यो दिन सारा जनताले मुक्ति पाए । ओलीको शासनबाट मुक्ति पाए ।’
देउलाले डरत्रास मुक्त नेपाल बनाउनका लागि फेरि पनि आफूले सभापतिमा जित्नुपर्ने बताए ।
प्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि देशमा डरत्रास र तानाशाही शासनको अन्त्य भएको दाबी गरे ।
उनले भने, ‘मेरो सरकार बनेपछि डरत्रास हटेको छ। म प्रधानमन्त्री भएपछि ओलीको शासनबाट जनताले मुक्ति पाएका छन् । त्यसलाई बचाउने हो कि नबचाउने हो? त्यो यो महाधविशेनले तय गर्छ ।’
उनले तानाशाही शासनको अन्त्यका लागि फेरि पनि कांग्रेसको सरकार चाहिने र त्यसका लागि आफू नै सभापति हुनुपर्ने बताए ।
‘अब तानाशाही सरकारले नओस् भन्नका लागि कांग्रेसको सरकार चाहिन्छ । त्यो मेरो जिम्मा भयो ।
प्रतिनिधिहरु जो आउनुभएको छ, सर्वसहमति वा प्रतिस्पर्धाबाट आउनुभएको छ, देउवाले अगाडि भने, ‘कांग्रेसको सरकार रह्यो भने स्थानीय र केन्द्रको सरकार कांग्रेसको बन्ने छ। त्यसका लागि मलाई जिताइ दिनुहोस् ।’
देउवाले दोस्रो कार्यकालका लागि पुनः सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । उनले पार्टीको आन्तरिक चुनावले राष्ट्रिय चुनावमा असर पर्न नहुने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस