गाउँ सहर
ट्रक पल्टिँदा चालकसहित २ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | ११:०९:०० मा प्रकाशित

काठमाडाैं । ट्रक पल्टिँदा चालकसहित २ जनाको मृत्यु भएकाे छ । पोखरामा ट्रक पल्टिँदा चालकसहित २ जनाको मृत्यु भएको हाे । पोखरा विजयपुरस्थित सडक खण्डमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख.२९४८ नम्बरको फलामे छड (रड) बोकेको ट्रक अनियन्त्रित भई नालीमा पल्टिँदा दुइ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परी लमजुङ पार्चेका ४२ वर्षीय चालक भीमबहादुर तामाङ र नवलपरासी गैडकोट–१७ का मुर्कुस तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले जानकारी दिएका छन् ।
दुर्घटनामा परेका दुई जनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी तिवारी बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस