नाडामा थापा विजयी, ६६ मतले चौधरी पराजित
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | १०:४५:०० मा प्रकाशित

काठमाडाैं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा व्यवसायी ध्रुव थापा विजयी भएका छन् । अध्यक्षका प्रत्यासी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापाले विजय हासिल गरेका हुन् । विजयी थापाले १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत ल्याएका छन् ।
अन्य १७ कार्यसमिति सदस्यमा भने करण चौधरीको प्यानलको बहुमत आएको छ। १२ जना करण चौधरीको प्यानल र ५ जना थापा प्यानलबाट कार्यसमिति सदस्यमा जित हासिल गरेका छन् । करण चौधरीको प्यानलबाट मिलन बाबु मल्ल १४ सय ६४, अनुप कुमार बराल १४ सय ६२ , राजनबाबु श्रेष्ठ १४ सय ५६, सुरेन्द्र कुमार उप्रेती १४ सय ३०, सुनिल रिजाल १४ सय १, अभिक ज्योति १३ सय ८२ , प्रकाश कपुरी १३ सय ७८ , बिक्राम सिंघानिया १३ सय ७० मत ल्याएर विजयी छन् । यस्तै, निलमणी पाठक १३ सय ५३, बरदान बस्नेत १३ सय ५३ र पंकज अग्रवालले १३ सय ३७ मत ल्याएर करण चौधरीको प्यानलबाट विजयी भएका छन् ।
यता ध्रुव थापाको प्यानलबाट निराकर श्रेष्ठ १३ सय ६४, यमुना श्रेष्ठ १३ सय ६२, कपिल शिवाकोटी १३ सय ४९, प्रदिपमान प्रधान १३ सय ४७ र आकाश गोल्छा १३ सय ४४ मत ल्याएर विजयी भएका छन् । ३१ सय मतदाता मध्ये नाडा निर्वाचन समितिअनुसार २७ सय ८८ मत खसेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस