नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रामेछापको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर बिहीबार, २०७८ | १६:१८:०० मा प्रकाशित
रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । फोनिज रामेछापको बिहीवार भएको चौथो जिल्ला अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
त्यसैगरि उपाध्यक्षमा निरोज श्रेष्ठ, सचिवमा शान्ता श्रेष्ठ, सह–सचिवमा दिपक लामा र कोषाध्यक्षमा सम्बर बहादुर हायु ‘प्रशान्त’ निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा क्रमशः रमेश तामाङ, रीता मगर, स्वतन्त्र मोक्तान र कर्मरिन्जी शेर्पा निर्वाचित भएका छन् ।

फाेनिजकाे केन्द्रीय पार्षदमा सुमित श्रेष्ठ, युनिक विफा घिसिङ, नवराज श्रेष्ठ र अनिता थापामगर निर्वाचित भएका छन् भने प्रदेश पार्षदमा युवराज श्रेष्ठ, नवराज श्रेष्ठ र निशा मोक्तान निर्वाचित भएका छन् ।
यसैगरी पर्यवेक्षकमा ज्ञानु श्रेष्ठ निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।
अध्यक्षमा निर्वाचित श्रेष्ठ यस अघि फोनिजकै कोषाध्यक्षमा रहेका थिए भने नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका कार्यसमिति सदस्य समेत हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
प्रतिकृया दिनुहोस