निरन्तर घटिरहेकाे शेयरबजार साताकाे अन्तिम दिन २४५० बिन्दुमा
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर बिहीबार, २०७८ | १५:३६:०० मा प्रकाशित

काठमाडाैं । साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेको छ । आज शेयर बजार ५.८४ अंकले घटेर २ हजार ४ सय ४९.९ बिन्दुमा झरेको हो ।
पछिल्लो तीन कारोबार दिन नेप्से ९६.११ अंक घटेको छ ।
बजारमा आज १८९ वटा कम्पनीको २ अर्ब ६७ करोड रुपैयाँ बराबरको ६२ लाख कित्ता शेयर कारोबार भएको छ ।
७२ वटा कम्पनीको शेयरमुल्य बढदा १०६ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने बाँकी १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । होटल एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य कम्पनी बाहेक सबै कम्पनीको शेयरमूल्य घटेको छ । बजारमा आज हिमालयन डिष्टीलिटरको सर्वाधिक ८८ करोड ५५ लाख कित्ता शेयर कारोबार भएको छ ।
सिनर्जी पावर कम्पनी, सिंगटी हाइड्रो, लक्ष्मी इक्विटीफण्ड, सपोर्ट लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इक्विटी फण्ड, युनिभर्सल पावर कम्पनी, बोटर्स नेपाल आदि कम्पनीको शेयरमूल्य बढेको छ ।
आज सर्वाधिक मूल्य घट्ने कम्पनीहरुमा सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत्त कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो र श्री इन्भेष्टमेन्ट आदि कम्पनीहरु रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस