निरन्तर घटिरहेकाे शेयरबजार साताकाे अन्तिम दिन २४५० बिन्दुमा
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर बिहीबार, २०७८ | १५:३६:०० मा प्रकाशित
काठमाडाैं । साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेको छ । आज शेयर बजार ५.८४ अंकले घटेर २ हजार ४ सय ४९.९ बिन्दुमा झरेको हो ।
पछिल्लो तीन कारोबार दिन नेप्से ९६.११ अंक घटेको छ ।
बजारमा आज १८९ वटा कम्पनीको २ अर्ब ६७ करोड रुपैयाँ बराबरको ६२ लाख कित्ता शेयर कारोबार भएको छ ।
७२ वटा कम्पनीको शेयरमुल्य बढदा १०६ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने बाँकी १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । होटल एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य कम्पनी बाहेक सबै कम्पनीको शेयरमूल्य घटेको छ । बजारमा आज हिमालयन डिष्टीलिटरको सर्वाधिक ८८ करोड ५५ लाख कित्ता शेयर कारोबार भएको छ ।
सिनर्जी पावर कम्पनी, सिंगटी हाइड्रो, लक्ष्मी इक्विटीफण्ड, सपोर्ट लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इक्विटी फण्ड, युनिभर्सल पावर कम्पनी, बोटर्स नेपाल आदि कम्पनीको शेयरमूल्य बढेको छ ।
आज सर्वाधिक मूल्य घट्ने कम्पनीहरुमा सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत्त कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो र श्री इन्भेष्टमेन्ट आदि कम्पनीहरु रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
प्रतिकृया दिनुहोस