विवाहपञ्चमिमा शौर्य सिमेन्टको शिविर, दर्शनार्थी एवं यात्रीलाई राहत
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर बिहीबार, २०७८ | १४:०२:०० मा प्रकाशित

काठमाडौं । जनकपुरधाममा भएको विवाहपञ्चमि महोत्सवमा शौर्य सिमेन्टको प्रायेजन र विजय लक्ष्मी मिडिया फाउन्डेशनको आयोजनामा नि शुल्क शिविरको आयोजना गरेको छ । विवाहपञ्चमि महोत्सवमा आउने दर्शनार्थीहरुको सेवा सत्कारको लागि यो शिविरको आयोजना गरिएको थियो ।
शौर्य सिमेन्टबाट आयोजीत उक्त नि शुल्क शिविरमा दर्शनार्थीहरुको लागी चिया पानीको व्यवस्था गरिएको थियो । सेवा भावले आयोजना गरिएको उक्त शिविरबाट १० हजार भन्दा बढि व्यक्ती लाई सेवा प्रदान गरिएको थियो ।
मंसिर २२ गते भएको रामसीता विवाहोत्सवमा नेपाल र भारतका विभिन्न स्थानहरुबाट दर्शनार्थीहरु आउने गर्दछन् साथै प्रत्येक वर्ष अयोध्याबाट जन्ती आउने गर्दछन् । यस अवसरमा जनकपुरधाममा जानकी मन्दिरले विभिन्न वैवाहिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
साथै यस अवसरमा शौर्य सिमेन्टको नाटक पनि जनकपुरधामको राम चौकमा मंचन गरिएको थियो साथै शौर्य सिमेन्टबाट सोधिएको प्रश्नहरुको सहि जवाफ दिने विजेताहरुलाई शौर्य सिमेन्टको तर्फबाट टिसर्ट पनि बाँडिएको थियो ।
साथै शौर्य सिमेन्ट मिथिला मधेशको उत्पादन रहेको हुनाले मिथिलाको कला संस्कृति परम्परामा कदम मा कदम मिलाउदै सदैव सेवा भावका लागी तत्पर रहने शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले जानकारी दिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस