राजनीति

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहिबार बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बैठक बोलाइएको छ ।

भोलि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको हाे ।

गाउँ सहर संवाददाता