प्रविधि

भायनेटको पश्चिम नेपालमा इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेसनसँग साझेदारी 

काठमाडौँ । भायनेट कम्युनिकेसन्स प्रा. लि ले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेशन सर्भिस नेपाल (CHINAICTC) सँग साझेदारी गरेको छ । चाइना कम्युनिकेसन सर्भिसेज (CCS) चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई दूरसञ्चार पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउने काममा संलग्न छ । CCS सँग संसारभरि अत्याधुनिक फाइबर पूर्वाधारको डिजाइन, विकास र कार्यान्वयन गर्ने अनुभव छ ।

यो साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम (५,६,७) प्रदेशहरुमा द्रुत गतिमा आफ्नो उच्च गतिको फाइबर नेटवर्क निर्माण र विस्तार गर्न सहयोग गर्ने छ । यसका साथै भायनेट उत्कृष्ट डिजिटल अनुभव मार्फत आम नेपालीको जीवनलाई समृद्ध बनाउने सपना पूरा गर्न आफ्ना ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट उपलब्ध गराउने दौरमा निरन्तर लागी परेको छ । 

भायनेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठक बोहराले भन्नु भयो, “CCS सँग साझेदारी गरेर, हामी पश्चिम नेपालमा हाम्रो अत्याधुनिक उच्च गतिको फाइबर नेटवर्क निर्माण गर्न अनुभवी अन्तर्राष्ट्रिय टोलीसँग काम गरिरहेका छौं । यो पश्चिम नेपालमा हाम्रा ग्राहकहरूलाई विश्वस्तरीय इन्टरनेट र डिजिटल सेवाहरू उपलब्ध गराउने हाम्रो निरन्तर प्रतिबद्धताको एक हिस्सा हो।” भायनेटले ग्रामीण दूरसञ्चार विकास अनुदान परियोजनाअन्तर्गत डोटी, दार्चुला, डडेल्धुरा र बैतडीका दुर्गम जिल्लाहरूमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने काम पनि सफलतापूर्वक सम्पन्न गरेको छ ।

भायनेट कम्युनिकेसन्स प्रा।लि। नेपालको अग्रणी इन्टरनेट र आईपीटीभी सेवा प्रदायक मध्ये एक हो । सन् १९९९ मा स्थापित, भायनेट सधैं भरपर्दो र किफायती ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू प्रदान गर्न अग्रभागमा आउँछ । सन् २०११  मा, भायनेटले नेपालमा ग्राहकहरूलाई उच्च(गतिको विश्व स्तरीय इन्टरनेट प्रदान गर्ने फाइबर अप्टिक्स इन्टरनेट (FTTH) सेवाको सुरुवात गरेको थियो । चाइना कम्युनिकेसन्स सर्भिसेस (CCS) को नेपालमा उपस्थिति सन् २०१० बाट सुरु भएको थियो र अहिले यसले एनसेल, एनटिसी, र स्मार्ट टेलिकम लगायतका ग्राहकहरूलाई सेवा दिइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत