अोमिक्रोन भेरियन्टलाई अहिले प्रयोगमा अाएकै भ्याक्सिनले काम गर्ने
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बुधबार, २०७८ | ११:०५:०० मा प्रकाशित

काठमाडाैं । अहिले प्रयाेगमा अाइरहेका खेापहरुले नै काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचअाे ) ले जनाएकाे छ । अहिले प्रयाेग भइरहेका खाेपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जाेगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् ।
प्रचलित खाेपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जाेगाउने उनकाे भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्राेन सक्रमितहरुमा गरिएकाे एउटा ल्याब परीक्षाणमा अहिले प्रयाेगमा अाएकै खाेपले काम गर्ने देखिएकाे हाे ।
चलन चल्तिमा अाएका खाेप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।
दक्षिण अफ्रिकाको एउटा प्रयोगशालामा परीक्षणपश्चात् ओमिक्रोनमाथि फाइजर खोपको आंशिक असर मात्रै देखिएको रिपोर्ट सार्वजनिक भएको छ ।
डाक्टर रयानले समाचार एजेन्सी एएफपीलाई भने, ‘हामीसँग धेरै नै प्रभावकारी खोप छन् जुन गम्भीर रोग र अस्पतालमा भर्ना हुनुको मामिलामा हालसम्म सबै भेरियन्टविरुद्ध प्रभावकारी प्रमाणित भएको छ । ओमिक्रोनमाथि यसको असर कम छ भनेर सोच्नुको कारण कुनै पनि छैन ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस