म्यानमारकी नेतृ आङ सान सुकीकाे सजाय आधा घटाइयाे
- गाउँ सहर संवाददाता
- २१ मङ्सिर मंगलबार, २०७८ | ११:१८:०० मा प्रकाशित
एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीको जेल सजाय आधा घटाइएकाे छ । म्यानमारको अदालतले सुकीमाथिकाे सजाय अाधा घटाएकाे हाे । यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियाेगमा चार वर्ष जेल सजाय सुनाएकाे थियाे । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।
उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्लंघन गरेकाे अभियाेग लगाइएकाे छ । यसबाहेक उनीविरुद्ध ११ अाराेप लगाइएकाे छ । सुकीले अाफूमाथि लगाइएका सबै अाराेप अस्वीकार गर्दै अाएकी छिन् ।
फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले अाराेप लगाउँदै अाएकाे छ ।
सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अाराेपमा मुद्दा लगाउँदै अाएकाे थियाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस