नवविवाहित जाेडीसहित बैतडी जिप दुर्घटना पाँच जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- २१ मङ्सिर मंगलबार, २०७८ | ०७:०४:०० मा प्रकाशित

धनगढी । बैतडीमा सोमबार बेलुका भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
पाटन बजारबाट पाटन नगरपालिका–७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर सुर्नया गाउँपालिका ४ का २४ वर्षीय प्रेम चुनारा र उनकी श्रीमति २० वर्षीया मनिषा विक, पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।
मनिषा र प्रेम १० दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए । उनीहरु घरबाट माइतीघर पाटन–७ कैलपाल फर्कदै गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका पाँचजना मध्ये दुईजनालाई डडेल्धुरा रेफर गरिएको छ । पाटन नगरपालिका १ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई डडेल्धुरा रेफर गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।
सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्दी विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ । जिप चालक बैतडीको पाटन नगरपालिका ५ अड्तोलाका खेमराज पाण्डे भने फरार रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस