आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन सबै राजनैतिक दलहरुलाई ढकालको आग्रह
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | १६:५१:०० मा प्रकाशित
..jpeg)
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बतएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड १९ को माहामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई दू्रत गतिमा पुनरुत्थान गर्न सबै राजनैतिक दलहरुको समान धारणा आवश्यक पर्ने बताए ।
“अहिले अर्थतन्त्र विस्तारै सुधार हुन थालेको छ । यो जुन सुधार देखिएको छ यसलाई रोकिन दिनुहुन्न । सबै मिलेर यसलाई दू्रत गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन,” उनले भनेो, “यसका लागि सबै राजनैतिक दलहरुको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ,” उनले भने ।
अहिले देखिएको कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको नेपालमा पर्न सक्ने प्रभाव बारे बोल्दै उनले यसलाई अहिलेसम्मका अध्ययनहरुले कम खतरापूर्ण रहेको बताउँदै आएकाले यससँगसँगै आर्थिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्नुको विकल्प नभएको बताए ।
लुम्बिनी प्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उनले विस्तारै विस्तारै यस क्षेत्रका भैरहवा र बुटवल जस्ता शहरहरु आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताएका छन् ।
उनले आइएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकार सहितको पर्यटकीय गन्तब्यहरु निर्माण भइरहेको र त्यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसँग समेत सहकार्य हुने बताए ।
“हामीले सातवटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तब्यहरु निर्माण गर्न गइरहेका छौँ । यसमध्ये एउटा परियोजना बुटवलमा पनि रहेको छ । यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसँग समेत साझेदारी र सहकार्य हुनेछ,” उनले भने ।
कोभिड महामारीले मुलुकमा चुनौतीमात्र नथपेको बताउँदै यसले नयाँ नयाँ अवसरका ढोका पनि खोलेको उनले बताए ।
“कोभिड–१९ को महामारीले चुनौतीहरुमात्र थपेको छैन, नयाँ अवसरहरुको ढोका पनि खोलेको छ । डिजिटल अर्थतन्त्र निर्माणको गतिलाई तीव्र बनाउन यो सङ्कटले हामी सबैलाई बाध्य पारेको छ । इ–कमर्श, इ–कारोबार, सेवा तथा वस्तुको उत्पादन एवम् बजारीकरणमा डिजिटल प्रविधि र प्लेटफर्महरुको प्रयोग बढेको छ,” उनले भने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस