भारतमा ओमिक्रोन संक्रमितको संख्या २१ पुग्याे
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | ११:२१:०० मा प्रकाशित

एजेन्सी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यामा वृद्धि देखिएको छ ।
आइतबार महाराष्ट्रमा ७, राजस्गानमा ९ र दिल्लीमा एक जना व्यक्ति ओमिक्रोन भेरियन्टद्वारा संक्रमित भएको पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएकाे छ ।
यसका साथै भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या २१ भएको छ ।
विश्व स्वास्थ्य संगठनले लगातार यो भेरियन्टलाई चिन्ताको विषय बताएको छ ।
पछिल्लो शुक्रबार विश्व स्वास्थ्य संगठनले संक्रमणको संख्याको हिसाबले यो भेरियन्टले डेल्टा भेरियन्टलाई पछि छोड्न सक्छ ।
विश्व स्वास्थ्य संगठनकी वैज्ञानिक सौम्या स्वामीनाथनले समाचार एजेन्सी रोयटर्सलाई भनिन्, ‘यो भेरियन्टले डेल्टालाई पछि पार्न सक्छ किनभने यो पछिल्लो भेरियन्टको तुलनामा बढी संक्रामक छ ।’
कोरोनाको यो नयाँ भेरियन्टलाई रोक्ने कोसिसमा केन्द्र र राज्य सरकारले विमानस्थलदेखि अन्य यातायात केन्द्रमा सर्भिलेन्स, टेस्टिङ र स्क्रिनिङसँग सम्बन्धित प्रयासमा तीब्रता दिएको छ ।
महाराष्ट्रमा पुणेको स्वास्थ्य अधिकारीले आइतबार जिल्लामा ओमिक्रोन संक्रमणका सात संक्रमित भेटिएको जानकारी दिएका छन् ।
अधिकारीका अनुसार संक्रमित व्यक्तिमा नाइजेरियाबाट भारत फर्किएकी एक महिला संक्रमित छिन् जो आफ्नी दुई छोरीसँग पिंपरी चिंचवाडमा आफ्नी भाइलाई भेट्न आएकी छिन् । उनका भाइ र उनकी दुई छोरी पनि ओमिक्रोनद्वारा संक्रमित छन् ।
अधिकारीका अनुसार यसबाहेक अर्का एक संक्रमित फिनल्याण्डबाट पुणे आएका एक व्यक्ति हुन् जो अघिल्लो महिनाको अन्तिम हप्ता भारत पुगेका थिए ।
यसअघि ठाणेका ३३ वर्षका एक व्यक्ति पनि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टद्वारा संक्रमित पाइएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस