भारतमा ओमिक्रोन संक्रमितको संख्या २१ पुग्याे
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | ११:२१:०० मा प्रकाशित
एजेन्सी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यामा वृद्धि देखिएको छ ।
आइतबार महाराष्ट्रमा ७, राजस्गानमा ९ र दिल्लीमा एक जना व्यक्ति ओमिक्रोन भेरियन्टद्वारा संक्रमित भएको पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएकाे छ ।
यसका साथै भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या २१ भएको छ ।
विश्व स्वास्थ्य संगठनले लगातार यो भेरियन्टलाई चिन्ताको विषय बताएको छ ।
पछिल्लो शुक्रबार विश्व स्वास्थ्य संगठनले संक्रमणको संख्याको हिसाबले यो भेरियन्टले डेल्टा भेरियन्टलाई पछि छोड्न सक्छ ।
विश्व स्वास्थ्य संगठनकी वैज्ञानिक सौम्या स्वामीनाथनले समाचार एजेन्सी रोयटर्सलाई भनिन्, ‘यो भेरियन्टले डेल्टालाई पछि पार्न सक्छ किनभने यो पछिल्लो भेरियन्टको तुलनामा बढी संक्रामक छ ।’
कोरोनाको यो नयाँ भेरियन्टलाई रोक्ने कोसिसमा केन्द्र र राज्य सरकारले विमानस्थलदेखि अन्य यातायात केन्द्रमा सर्भिलेन्स, टेस्टिङ र स्क्रिनिङसँग सम्बन्धित प्रयासमा तीब्रता दिएको छ ।
महाराष्ट्रमा पुणेको स्वास्थ्य अधिकारीले आइतबार जिल्लामा ओमिक्रोन संक्रमणका सात संक्रमित भेटिएको जानकारी दिएका छन् ।
अधिकारीका अनुसार संक्रमित व्यक्तिमा नाइजेरियाबाट भारत फर्किएकी एक महिला संक्रमित छिन् जो आफ्नी दुई छोरीसँग पिंपरी चिंचवाडमा आफ्नी भाइलाई भेट्न आएकी छिन् । उनका भाइ र उनकी दुई छोरी पनि ओमिक्रोनद्वारा संक्रमित छन् ।
अधिकारीका अनुसार यसबाहेक अर्का एक संक्रमित फिनल्याण्डबाट पुणे आएका एक व्यक्ति हुन् जो अघिल्लो महिनाको अन्तिम हप्ता भारत पुगेका थिए ।
यसअघि ठाणेका ३३ वर्षका एक व्यक्ति पनि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टद्वारा संक्रमित पाइएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस