गाउँ सहर

पछिल्लो २४ घण्टामा देशभर २३८ जनामा कोरोना संक्रमण पुष्टि, ३९२ जना संक्रमणमुक्त

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाले ज्यान गुमाएका छन् ।

शनिबार ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार ७४४ सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा ५ हजार २९५ पीसीआर तथा १ हजार ५०२ एन्टिजेन परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५८ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा ९७, भक्तपुरमा १० र ललितपुरमा ५१ जना संक्रमित थपिएका हुन् ।

 

गाउँ सहर संवाददाता