द्वन्द्वपीडित अपांग समाज – नेपाललाई ज्योति विकास बैंकको सहयोग
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर शुक्रबार, २०७८ | १७:००:०० मा प्रकाशित
.jpeg)
काठमाडाैँ। ज्योति विकास बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत साँखु, काठमाडौँस्थित द्वन्द्वपीडित अपांग समाज - नेपाललाई संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधीहरु हस्तान्तरण गरेको छ।
अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा संस्थामा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंककी साँखु शाखाकी शाखा प्रबन्धक रीमा प्रधानद्वारा शंखारापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठको उपस्थितिमा द्वन्द्व पीडित अपांग समाज - नेपालका अध्यक्ष श्री युबराज थापा लाई रु। ५० हजार बराबरको औषधि हस्तान्तरण गरिन्।
द्वन्द्वपीडित अपांग समाज - नेपाल नेपालमा द्वन्द्वपीडित र अपाङ्गता भएका व्यक्तिहरूको अवसरहरू अभिवृद्धि गर्न र जीवनस्तर उकास्ने उद्देश्यका साथ सन् २००५ मा स्थापना भएको एक गैरसरकारी सामाजिक संस्था हो।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस