द्वन्द्वपीडित अपांग समाज – नेपाललाई ज्योति विकास बैंकको सहयोग
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर शुक्रबार, २०७८ | १७:००:०० मा प्रकाशित
काठमाडाैँ। ज्योति विकास बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत साँखु, काठमाडौँस्थित द्वन्द्वपीडित अपांग समाज - नेपाललाई संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधीहरु हस्तान्तरण गरेको छ।
अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा संस्थामा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंककी साँखु शाखाकी शाखा प्रबन्धक रीमा प्रधानद्वारा शंखारापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठको उपस्थितिमा द्वन्द्व पीडित अपांग समाज - नेपालका अध्यक्ष श्री युबराज थापा लाई रु। ५० हजार बराबरको औषधि हस्तान्तरण गरिन्।
द्वन्द्वपीडित अपांग समाज - नेपाल नेपालमा द्वन्द्वपीडित र अपाङ्गता भएका व्यक्तिहरूको अवसरहरू अभिवृद्धि गर्न र जीवनस्तर उकास्ने उद्देश्यका साथ सन् २००५ मा स्थापना भएको एक गैरसरकारी सामाजिक संस्था हो।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस