दलिय गठबन्धनले अदालतमा समस्या देखियो : अध्यक्ष ओली
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर शुक्रबार, २०७८ | १४:४४:०० मा प्रकाशित
काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पाँच दलिय गठबन्धनले गर्दा समस्या देखिएको बताएका छन् । शुक्रबार दोस्रोपटक एमाले अध्यक्षको पद बहाली गर्दै ओलीले गठबन्धनले गर्दा अदालतमा समस्या देखिएको बताएका हुन् ।
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरेर गठबन्धले कानुन व्यवसायीको गुण तिर्न लागेको बताए । यसअघि प्रचण्डले ओली सरकार ढालेर कांग्रेस सभापति शेर बहादुर देउवा सरकार बनाएका कानुन व्यवसायीको गुण तिर्ने समय आएको बताएका थिए । त्यसलाई लक्षित गरेर ओलीले एक पटक गलत फैसला गराएर पुनः गलत गरिरहेको बताए ।
उनले भने, ‘अहिले गठबन्धनको सरकार छ । अदालतमा देखिएकको समस्या पाँच दलिय गठबन्धनले गर्दा हो । उहाँ अहिले गुण तिर्दै हुनुहुन्छ । एक पटक गलत फैसला गराएर पुनः गलत गराउँदै हुनुहुन्छ ।’
अध्यक्ष ओलीले वर्तमान सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् । उनले जनताको समस्या समाधान गर्न लाग्नु पर्ने सरकार विपरित बाटोमा लागेको बताए । अध्यक्ष ओालीले पाँच दलिय गठबन्धन ताजा जनादेशमा जान डराएको बताए । ताजा जनादेशमा जान डराएको भन्दै उनले गठबन्धन सत्ता प्राप्तिका लागि अन्य बाटो तिर गएको बताएका छन् ।
यस्तै अध्यक्ष ओलीले एमालेको जिल्ला र प्रदेशको अधिवेशन पनि छिटो नै गर्ने बताए । उनले एमाले महाकिधवेशनले पार्टीको कार्यादिशा, उद्देश्य, कार्यशैली जनतालाई बुझाएको बताए ।
अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकाटो गठबन्धनको कार्यकर्ता भएको आरोप लगाए । उनले आफूले कारबाही गर्न सिफारिस गरेका सांसदलाई कारबाही नगरेर सभामुखले गल्ती गरेको बताए । ओलीले २८ गतेको लागि बोलाइएको संसद बैठकलाई चल्न नदिने पनि संकेत पनि गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस