गाउँ सहर

भरुवा बन्दुक सहित एक जना पक्राउ

दाेलखा । प्रहरीले भरुवा बन्दुक सहित एक जनालाइ पक्राउ गरेकाे छ । बुधबार प्रहरीले जिरी नगरपालिका-३ काप्सा बस्ने ४९ वर्षीय राम बहादुर बस्नेतलाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हाे ।

बस्नेतले मादक पदार्थ सेवन गरी भरुवा बन्दुक देखाइ घर परिवार सँग झै-झगडा गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जिरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।

 

गाउँ सहर संवाददाता