राखेपको सदस्य सचिवमा रामेछापका टंकलाल घिसिङ नियुक्त
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | ०८:२७:०० मा प्रकाशित
काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले सदस्य सचिवको निर्णय गरेको हो ।
खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि तीन जनाको नाम मन्त्रीपरिषदमा पेश गरेका थिए ।
उनले माओवादीका बागमती प्रदेश कमिटी सदस्य समेत रहेका नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रीपरिषदमा पेश गरेका थिए ।
मन्त्रालयले गठन गरेको सदस्य सचिव सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
आईतबार साँझ सिफारिस समितिले घिसिङ सहित तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गरेको थियो ।
सदस्य सचिव बन्न निवेदन दिएका १८ जनासंग अन्तरवार्ता र कार्ययोजनाको प्रस्तुती सकेर समितिले एक महिला सहित तीन जनाको नाम तयार गरेको थियो ।
राष्ट्रिय खेलकुद विकास ऐनले सिफारिस समितिले एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने प्रावधान राखेको छ ।
सरकारले कात्तिक १ गते तत्कालिन राखेप सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध रमेशकुमार सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सरकारले राखेपको रिक्त रहेको सदस्य सचिव पदमा खेलकुद ऐन अनुसार नयाँ नियुक्ति गरेको हो ।
रामेछाप सुनापति गाउँपालिका–२ दिमीपोखरी निवासी हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस