राखेपको सदस्य सचिवमा रामेछापका टंकलाल घिसिङ नियुक्त
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | ०८:२७:०० मा प्रकाशित

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले सदस्य सचिवको निर्णय गरेको हो ।
खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि तीन जनाको नाम मन्त्रीपरिषदमा पेश गरेका थिए ।
उनले माओवादीका बागमती प्रदेश कमिटी सदस्य समेत रहेका नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रीपरिषदमा पेश गरेका थिए ।
मन्त्रालयले गठन गरेको सदस्य सचिव सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
आईतबार साँझ सिफारिस समितिले घिसिङ सहित तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गरेको थियो ।
सदस्य सचिव बन्न निवेदन दिएका १८ जनासंग अन्तरवार्ता र कार्ययोजनाको प्रस्तुती सकेर समितिले एक महिला सहित तीन जनाको नाम तयार गरेको थियो ।
राष्ट्रिय खेलकुद विकास ऐनले सिफारिस समितिले एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने प्रावधान राखेको छ ।
सरकारले कात्तिक १ गते तत्कालिन राखेप सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध रमेशकुमार सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सरकारले राखेपको रिक्त रहेको सदस्य सचिव पदमा खेलकुद ऐन अनुसार नयाँ नियुक्ति गरेको हो ।
रामेछाप सुनापति गाउँपालिका–२ दिमीपोखरी निवासी हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस