भीम रावलदेखि पूर्वमाओवादीका नेताहरूलाई भोट नहाल्न एमाले महाधिवेशनमा पर्चा बाँडियाे
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | ०७:१३:०० मा प्रकाशित
चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा केही अनौठा दृश्य पनि देखिएका छन् । चुनावमा उठेका केही उमेदवारको नाम र उनीहरुले प्रतिस्पर्धा गरेको पदसहितको नामावली उल्लेख गरिएको लिष्ट प्रिन्ट गरेर भोट नहाल्न भन्दै मतदातलाइ वितरण गरिएको छ ।
जसमा अध्यक्षका उमेरदवार भीम रावल, उपाध्यक्षका उमेदवार घनश्याम भुसाल तथा भीम अचार्य, टंक प्रसाद कार्की लगायतको नाम छ ।
भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई बाँडिएको पर्चामा पूर्वमाओवादीका नेता टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतको नामसमेत छ ।
एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आज बिहानबाट मतदान सुरु भएको छ । मतदानमा सहभागी प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको पर्चा बाँडिएको छ । त्यसमा अध्यक्षका उम्मेदवार भीम रावलको नाम सबैभन्दा माथि छ । अध्यक्षमा केपी शर्मा ओलीसँग रावलको प्रतिस्पर्धा छ ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सौराहास्थित होटल सेभेनस्टार परिसरमा मतदान यतिबेला जारी छ । सोमबार राति सुरु हुने भनिएको मतदान मंगलबार बिहानमात्र सुरु भएको हो । उज्यालो नहुँदै मतदान प्रक्रिया सुरु भएको थियो । बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरु आफ्नो मताधिकार प्रयोग गर्न लामबद्ध बनेका छन् । मतदानमा केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरिरहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस