भीम रावलदेखि पूर्वमाओवादीका नेताहरूलाई भोट नहाल्न एमाले महाधिवेशनमा पर्चा बाँडियाे
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | ०७:१३:०० मा प्रकाशित

चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा केही अनौठा दृश्य पनि देखिएका छन् । चुनावमा उठेका केही उमेदवारको नाम र उनीहरुले प्रतिस्पर्धा गरेको पदसहितको नामावली उल्लेख गरिएको लिष्ट प्रिन्ट गरेर भोट नहाल्न भन्दै मतदातलाइ वितरण गरिएको छ ।
जसमा अध्यक्षका उमेरदवार भीम रावल, उपाध्यक्षका उमेदवार घनश्याम भुसाल तथा भीम अचार्य, टंक प्रसाद कार्की लगायतको नाम छ ।
भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई बाँडिएको पर्चामा पूर्वमाओवादीका नेता टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतको नामसमेत छ ।
एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आज बिहानबाट मतदान सुरु भएको छ । मतदानमा सहभागी प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको पर्चा बाँडिएको छ । त्यसमा अध्यक्षका उम्मेदवार भीम रावलको नाम सबैभन्दा माथि छ । अध्यक्षमा केपी शर्मा ओलीसँग रावलको प्रतिस्पर्धा छ ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सौराहास्थित होटल सेभेनस्टार परिसरमा मतदान यतिबेला जारी छ । सोमबार राति सुरु हुने भनिएको मतदान मंगलबार बिहानमात्र सुरु भएको हो । उज्यालो नहुँदै मतदान प्रक्रिया सुरु भएको थियो । बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरु आफ्नो मताधिकार प्रयोग गर्न लामबद्ध बनेका छन् । मतदानमा केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरिरहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस