बद्री पाण्डेले गरे कांग्रेस सह-महामन्त्रीमा उठ्ने घोषणा
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर सोमबार, २०७८ | १३:४६:०० मा प्रकाशित

काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले १४औं महाधिवेशनमा सह-महामन्त्रीमा उठ्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरेर पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले पछिडिएको क्षेत्रबाट सह-महामन्त्रीमा लड्ने घोषणा गरे ।
‘म १२औं महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्य, १३ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य भएको हुँ। अहिले विधानको व्यवस्था अनुसार पिछडिएको क्षेत्रबाट सह–महामन्त्री लड्ने निर्णय गरेको छु,’ उनले भने, ‘अर्को पटक म सह–महामन्त्रीको उमेदवार होइन। म कि उपसभापति लड्छु कि महामन्त्री लड्छु। होइन भने विश्राम गर्छु । म पद दोहोर्याउने पक्षमा छैन। बरु खाली बस्छु।’ उनले आफू कोइराला लिगेसीसँग जोडिएको तर सबैको सहयोगको अपेक्षा गरेको बताए।
उनले १४औं महाधिवेशनपछि कांग्रेस सत्ता र पार्टी ठीक ढंगले जाने आशा समेत व्यक्त गरे। ‘यो नेतृत्व चयनको महाधिवेशन हो, नीति महाधिवेशन पछि हुन्छ। हामीले बेलामा महाधिवेशन गर्न सकेनौं। त्यसैले यसपटक नेतृत्व चयन हुन्छ र नितीगत महाधिवेशन अर्थात महासमिति बैठकबाट नीति र कार्यक्रम तय गर्नुपर्छ,' उनले भने।
उनले संगठन सुदृढिकरणका लागि चार ‘ब’को अवधारणा समेत अघि सारेका छन्। ‘मैले संगठन सदृढ गर्न चार ‘ब’को अवधारणा ल्याएको छु। पहिलो ‘ब’ भनेको विचार, दोस्रो ‘ब’ भनेको विधानको अक्षरस पालना, तेस्रो ‘ब’ भनेको नियमित बैठक र चोथौ ‘ब’ भनेको व्यवस्थापन हो,’ उनले भने, ‘चार ‘ब’ मध्ये पनि विधान महत्त्वपूर्ण हो। किनभने विधानको अक्षरस: पालना भयो भने पार्टी मजबुत बन्छ।’
उनले पार्टी नसुध्रिकन देश नै नसुध्रिदैने बताए। ‘पार्टी सधार नै अबको बाटो हो, २०४८ पछि चार चार वर्षमा महाधिवेशन भएको भए अहिले हामी १६औं महाधिवेशनको संघारमा हुने थियौं। हामीले रामचन्द्र र शेरबहादुरलाई बिदा भइदेउ भन्नु पर्ने थिएन,’ उनले भने, ‘समयमा महाधिवेशन नहुँदा नेतृत्व जाम भयो। यसपटक पनि हामी ढिला भएका हौं। अब एक व्यक्ति एक पदको अवधारणमा अघि बढ्नुपर्छ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस