अध्यक्ष केपी ओलीले छानेका वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर सोमबार, २०७८ | १२:२०:०० मा प्रकाशित
काठमाडाैं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल निर्वरोध निर्वाचित भएका छन् । अध्यक्ष केपी ओली र भीम रावल चुनावी प्रतिस्पर्धामा रहेका बेला महासचिवमा भने पोखरेल निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
पदाधिकारीमा ओलीले घोषणा गरेका वाहेक तीन जनाको मात्रै उम्मेदवारी परेको छ । अध्यक्षमा स्वंम ओलीसँग भीडन भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्यको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन् । बिहान १० बजेको समयसीमाभित्र पोखरेलको मात्र उम्मेदवारी दर्ता भएको हो ।
निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस