गाउँ सहर

नक्कली प्रहरी पक्राउ

काठमाडौं । प्रहरीले एक जना नक्क्ली प्रहरीलाइ प्रकाउ गरेकाे छ ।  प्रहरीको ‘घुमुवा हुँ’ भन्दै आतंक मच्चाउने एक जनालाइ विराटनगरबाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।  नेपाल प्रहरीको नाम बेच्दै ‘नक्कली घुमुवा’ बनेर लागुऔषधका दुव्र्यसनीसँग रकम माग्ने  विराटनगर महानगरपालिका–१२ का ३१ वर्षीय पुष्पराज चेम्जोङ पक्राउ परेका हुन् ।

लागुऔषध सेवन गर्नका लागि भारतको जोगवनीतिर जाने गरेका विभिन्न व्यक्तिहरुसँग चेम्जोङले तीन लाख रूपैयाँ मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताएका छन् । 

उनी विरुद्ध अनुसन्धान र कारबाही अघि बढाइरहेको प्रहरीले बताएकाे छ। 

गाउँ सहर संवाददाता