आगलागीमा दुई बालबालिकाको मृत्यु
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर आइतबार, २०७८ | ११:३७:०० मा प्रकाशित

काठमाडाैं । चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुई जना बालबालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियाे ।
आगलागीमा परी जितबहादुरको छोरा तर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरी तर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आगलागीबाट घर, घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्ण रुपमाजलेर नष्ट भएको छ । घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिएका छन् ।
सोलारको ब्याट्री सर्टको कारण आगलागी भएको अनुमान गरिएको छ । शनिबार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस