एन आई सी एशिया बैंकले प्राप्त गर्याे मापदण्डको प्रमाणपत्र
- गाउँ सहर संवाददाता
- १० मङ्सिर शुक्रबार, २०७८ | १५:४१:०० मा प्रकाशित

काठमाडाैं । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं International Organization for Standardization (ISO) बाट मान्यता प्राप्त ISO 27001: 2013 (Information Security Management System) मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।
ISO 27001 मापदण्डको आवश्यकता अनुसार यस बैंकले आफ्ना ग्राहक महानुभावहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई Quality Austria सँग आबद्ध Certification & Information Security Services GmbH ले यस प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो । यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहक महानुभावहरुको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ । यस अवसरमा बैंकको तर्फबाट Certification & Information Security Services GmbH प्रति हार्दिक कृतज्ञता जाहेर गर्दछौं ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस