अर्थतन्त्र

शुक्रबार ताेलामा दुइ सयले बढ्याे सुनकाेे मूल्य

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार नाै सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

तेजाबी सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ ।  चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम भएको थियो ।

गाउँ सहर संवाददाता