दिगोविकास

चितवन कांग्रेस सभापतिमा कैलाश काेइरालाले गरे उम्मेदवारी घाेषणा

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता कैलाश काेइरालाले चितवन जिल्ला कार्यसमिति सभापतिमा उम्मेदवारी घाेषणा गरेका छन् । 

बिहीवार चितवनमा पत्रकार सम्मेलन गर्दै नेता काेइरालाले सभापतिकाे उम्मेदवारी घाेषणा गरेका हुन् । 

‘नेपाली कांग्रेसको संगठनलाई सुदृढ बनाउने योजनामा छु । गुट उपगुटको अन्त्य गर्न मेरो उम्मेदवारी हो ’ काेइरालाले भने ।

जिल्लामा कांग्रेस कार्यकर्ता मात्रै हाेइन अन्य राजनीतिक दलका नेताहरुसँगको सुमधुर सम्बन्धका कारण उनी सबैले रुचाईएका नेताका रुपमा चिनिन्छन् ।

‘सभापति भएर नेपाली कांग्रेसको संगठनलाई संस्थागत रुपमा विकास गर्ने योजना छ,’ काेइरालाले भने ।

उनी वर्तमान जिल्ला कार्यसमितका उपसभापति हुन्  ।

गाउँ सहर संवाददाता