दुर्घटनामा ३ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | १५:२६:०० मा प्रकाशित
सुनसरी । ईनरुवा नगरपालिका-५ देवेन्द्र चोकमा को.१ क २०४२ नम्बरको टिपरको ठक्करबाट साइकयात्री हाल नाम, थर, वतन, नखुलेका अन्दाजी २८ वर्षीय पुरुषको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ सुकौरा रोडमा रा.१ त ३३५६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही उपमहानगरपालिका-५ गाईडर बस्ने सुकमती बिककी छोरी ५ वर्षीया सुन्तली बिकको बुधबार दिउँसो मृत्यु भएको हाे ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।
चितवन, राप्ती नगरपालिका-२ श्रीदेवी चोकमा बागमती प्रदेश ०३-००१ च १२७५ नम्बरको बलेरोको ठक्करबाट पैदलयात्री मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने ४५ वर्षीय रघुनाथ श्रेष्ठको बुधबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बेलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस