दुर्घटनामा ३ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | १५:२६:०० मा प्रकाशित

सुनसरी । ईनरुवा नगरपालिका-५ देवेन्द्र चोकमा को.१ क २०४२ नम्बरको टिपरको ठक्करबाट साइकयात्री हाल नाम, थर, वतन, नखुलेका अन्दाजी २८ वर्षीय पुरुषको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ सुकौरा रोडमा रा.१ त ३३५६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही उपमहानगरपालिका-५ गाईडर बस्ने सुकमती बिककी छोरी ५ वर्षीया सुन्तली बिकको बुधबार दिउँसो मृत्यु भएको हाे ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।
चितवन, राप्ती नगरपालिका-२ श्रीदेवी चोकमा बागमती प्रदेश ०३-००१ च १२७५ नम्बरको बलेरोको ठक्करबाट पैदलयात्री मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने ४५ वर्षीय रघुनाथ श्रेष्ठको बुधबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बेलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस