गणेश लामा भारी मतका ल्याएर नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | ०२:५०:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा गणेश लामा निर्वाचित भएका छन् ।
काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट उनी महाधिवेशन प्रतिनिधि बनेका हुन् । उनी ८०२ मत ल्याएर विजयी भएका हुन् । कुल १२५३ मत मध्ये १०६० ल्याई तिर्थ लामा पहिलो र ८०२ ल्याई द्वितीय उच्च मत ल्याएर विजय भएका हुन् ।
उनले आफू महाधिवेशन प्रतिनिधि जितेको फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।
उनले पार्टी संगठन विस्तारमा लाग्ने पनि बताएका छन् ।
लामा कांग्रेस उपसभापति विजयकुमार गच्छदारनिकट मानिन्छन् । गच्छदार नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष हुँदा लामा उक्त पार्टीको केन्द्रीय सदस्य थिए । गच्छदारले २०७४ मा पार्टी कांग्रेससँग मिलाएका थिए ।
उनलाई २०७४ सालमा भएको निर्वाचनमा काभ्रेबाट प्रदेश सभा क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस