काभ्रे कांग्रेसमा गणेश लामासहित दुई केन्द्रीय सदस्य र मेयरलाई निष्कासन गर्न सिफारिस
- गाउँ सहर संवाददाता
- ३ पौष आइतबार, २०७९ | ०८:११:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेस काभ्रेले दुई जना केन्द्रीय सदस्यसहित क्षेत्रीय सभापतिलाई कारबाहीको लागि सिफारिस गरेको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको हो।
शनिबार जिल्ला समितिले दुई जना केन्द्रीय सदस्य र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिलाई कारबाही गर्न केन्द्रीय समितिमा सिफारिस गरेको छ। पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का सभापति महेश खरेललाई कारबाही गर्न सिफारिस गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९ मा कांग्रेसका तर्फबाट काभ्रे क्षेत्र नम्बर–२ का प्रत्यक्षतर्फका उम्मेदवार, पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला सभापति तीर्थ लामालाई असहयोग गरेको र पार्टीका उम्मेदवारलाई भोट नमागी विपक्षका उम्मेदवारलाई भोट मागेको उनीहरुमाथि आरोप लगाइएको छ।
केन्द्रीय सदस्य मधुप्रसाद आचार्यविरुद्ध वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति र क्षेत्रीय समितिमार्फत् जिल्ला अनुशासन समितिमा उजुरी परेको छ। त्यस्तै केन्द्रीय सदस्य गणेश लामाविरुद्ध पनि पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको उजुरी परेको छ।
बनेपा नगरपालिकाबाट प्रदेश सभा सदस्यका उम्मेदवारभन्दा प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई तीन हजारभन्दा बढी मत कम आउनुको कारणबारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगरपालिका समितिलाई काभ्रे कांग्रेसले निर्देशन दिने निर्णयसमेत गरेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस