गाउँ सहर
गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा झण्डै पचास लाखको क्षति
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बुधबार, २०७८ | १३:२८:०० मा प्रकाशित
काठमाडाैं । स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङबजारमा रहेको गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा झण्डै पचास लाखको क्षति भएको छ । गए राति १ः३० बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा स्टोर्समा रहेका सामान जलेर नष्ट भएको सञ्चालक सुधन श्रेष्ठले जानकारी दिएका छन् ।
सञ्चालक श्रेष्ठका अनुसार कम्प्युटर, सिसी टिभी र टिभी पसलमा रहेका खाद्यान्नसहितका अन्य सामग्री नष्ट भएका छन् “सामन धेरै जलेर नष्ट भएका छन् भने अन्य सामान धुवाँका कारण गन्हाउने समस्या छ”, सञ्चालक श्रेष्ठले भने, “आगोकै कारण ठूलो क्षति बेहोर्नुपरेकामा दुःख लागेको छ । ” राति नै नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस