गाउँ सहर
गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा झण्डै पचास लाखको क्षति
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बुधबार, २०७८ | १३:२८:०० मा प्रकाशित
काठमाडाैं । स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङबजारमा रहेको गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा झण्डै पचास लाखको क्षति भएको छ । गए राति १ः३० बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा स्टोर्समा रहेका सामान जलेर नष्ट भएको सञ्चालक सुधन श्रेष्ठले जानकारी दिएका छन् ।
सञ्चालक श्रेष्ठका अनुसार कम्प्युटर, सिसी टिभी र टिभी पसलमा रहेका खाद्यान्नसहितका अन्य सामग्री नष्ट भएका छन् “सामन धेरै जलेर नष्ट भएका छन् भने अन्य सामान धुवाँका कारण गन्हाउने समस्या छ”, सञ्चालक श्रेष्ठले भने, “आगोकै कारण ठूलो क्षति बेहोर्नुपरेकामा दुःख लागेको छ । ” राति नै नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
प्रतिकृया दिनुहोस